Wednesday, February 1, 2012

नेपालकै गौरवका वारेमा मति बिगार्नु त अति हुन्छ


नेपालकै गौरवका वारेमा मति बिगार्नु त अति हुन्छ, साथि हो!
मेरी श्रीमती मैले भनेका सबै कुरामा चुप्प लागेर सहमत बस्न सक्दिन किनभने हामि 'चुप्प लागेर बस्दैमा समस्याको समाधान हुन्छ' भन्ने कुरामा रत्तिभर विस्वास गर्दैनौ. हामि कुरो केलाउँछौं, राम्रो-नराम्रो, ठिक-बेठिक खुट्याउने प्रयास गर्छौं र जे ठिक हो, जसले ठिक भनेको हो त्यसैमा सहमत हुन्छौं. हामि यस्ता कुराहरु समाज, देश, परिवार, आफन्त अथवा जे सुकैका बारेमा पनि गर्छौं. हाम्रो घरको यो दैनिकीमा हाम्रा छोरा-छोरी समेत संलग्न हुन्छन. हामीलाई विश्वास छ यहि प्रथाबाट हाम्रो परिवारका सदस्यहरु, आफन्त र मित्रहरु माझ संवाद र सम्बन्ध प्रगाढ भएको छ.
केहि दिन अघि एकजना पारिवारिक मित्रका घरमा एक 'भारतीय महिलाको प्रवचन' सुन्ने क्रममा मैले हातै उठाएर, आफुलाई परिचय गराएरै चित्त नबुझेको कुरामा केहि भन्ने प्रयास गरें. आशुतोष महाराजकि अनुयायी यी महिलाले "बुद्ध मध्य-भारतमा माता योगमायाको गर्भबाट जन्मेको" भने पछी मलाई लाग्यो 'मैले यस विषयमा यहि ठाउँमा यिनको भ्रम निवारण नगर्ने हो भने मैले मेरो देश, धर्म र सत्य प्रति अन्याय गरेको ठहर्नेछ किनभने यी महिला आफु एक्लै नभएर एउटा सम्प्रदयाकै प्रतिनिधित्व गर्छिन र यिन्लाई सहि कुराको बोध नगराउने हो भने यिनी हरेक ठाउँमा गएर यसैगरि प्रवचन गरिरहने छिन् र उनका अनुयायीहरु "जो माताजी बोलति हैं वो सब सच् है" भनेर भ्रमको खेति गर्नमा तल्लिन हुने छन्.'
झन्डै १०० जति नेपालीहरुको भेलामा मेरो प्रश्नको खुला समर्थन गर्ने जम्मा एकजना मेरा साथि थिए. मैले यसो भिडलाई नियालेर हेरें -- धेरैलाई चित्त बुझेको थिएन तर माताजिको तथाकथित सत्यलाई खुलेरै प्रतिवाद गर्ने जमर्को कसैले गरेनन. धेरैको अनुहारमा मेराप्रतिको भावना प्रस्ट देखिन्थ्यो: 'यो मान्छेलाई किन बाठो बन्नु परेको होला, खुरुक्क खाएर हिडेको भए भै हाल्थ्यो नि.'
भात ख्वाएर आफ्नो प्रशंसा सुन्न चाहने अथवा मैले डाकेका ठाउँमा चुप्प लागेर बसोस् भन्ने मनसायले मलाई कसैले निम्तो गर्छ भने म त्यस्तालाई असल साथीको परिधिमा राख्न सक्दिन, यो मेरो कमजोरी हो. तर म मेरा असल साथीहरुसंग 'मेरो कमजोरीहरु तिमीहरुले नदेखाई दिए अरु कसले देखाई दिन्छ' भन्ने गर्छु र त्यो नै असल साथीको सच्चा धर्म पनि हो.
प्रसङ्ग ती भारतीय महिलाको थियो. मैले भर्खरै सुनें, उनका केहि अन्ध-अनुयायीहरु मिलेर "बुद्ध मध्य-भारतमा माता योगमायाको गर्भबाटै जन्मेको" प्रमाण जुटाएर नेपालीहरुलाई देखाउन लागेका छन अरे.
नेपालकै गौरवका वारेमा नेपाली भएर मति बिगार्नु त अति हुन्छ, साथि हो! तपाईहरु कुरो उठाएर छुच्चो बन्न नखोज्नु भएको हो भने मलाई केहि भन्नु छैन. सबैले मैलेजस्तै गर्नु पर्छ भन्ने जरुरि छैन. तर मेरो अनुनय के हो भने यदि कसैले त्यो हिम्मत गर्छ भने त्यस व्यक्तिलाई नराम्रो दृष्टिले नहेरी दिनुस्. आयोजकले चित्त दुखाउनुको अर्थ म राम्रोसंग बुझ्न सक्छु र 'यो कुरा पछी/एक्लै गरेको भए पनि हुन्थ्यो' भन्ने भावनाको म समर्थन नगरे पनि कदर गर्छु. उनको सदासय आफ्नो घरको कार्यक्रम विवाद रहित बनाउनु मात्र हो.
औपचारिक कार्यक्रमको समाप्ति पछी म ति माताजीको समिप गएँ र बिस्तारो पाराले भनें, तपाइंले बुद्धको जन्म परा-पूर्व कालको भारत वर्षमा भएको थियो भनेको भए केहि हदसम्म मान्न सकिन्थ्यो होला तर मध्य-भारतमा भन्नु भयो. कमसेकम म त यो मान्दिन र नेपालीहरुले पनि यो कुरो मान्ने छैनन्. माताजिलाई मेरो कुरोले चित्त बुझ्यो. हाम्रो सुलह भयो. उनीसंग कुरो गर्दैगर्दा अर्को भारतीय मान्छे बिचैमा बिथोल्दै बोल्यो: "देखो, विकिपिडिया में भी वही लिखा है."
'विकिपिडियामा तँ जस्ता मुर्खहरुले पनि आफुले चाहेको लेख्न पाउने सुविधा हुन्छ. तर तैंले यो देखाएर धर्म, इतिहास र एउटा स्वतन्त्र राष्ट्रको प्रतिष्ठामै धक्का लाग्ने कुरो गर्नु उचित छैन' भनेर मैले ठाडो जवाफ दिए पछी त्यो मनुष्य चुप लाग्यो. अहिले प्रमाण जुटाएर नेपालीहरुलाई देखाई दिन्छु भन्ने पनि यही मान्छे र यसका आसेपासेहरु होलान.
अब हामि नेपालीहरुमा भर पर्छ त्यस्ताको अनाप-सनाप सुनेर बस्ने हो कि त्यस्तालाई जवाफ दिने हो. खोज्दै जादाँ मैले त विकिपिडियामा पनि धेरै ठाउँमा लुम्बिनीलाई नै बुद्धको जन्मस्थल लेखेको देखें. UNESCO lists Lumbini, Nepal as a world heritage site and birthplace of Gautama Buddha.
http://en.wikipedia.org/wiki/Gautama_बुद्ध
http://en.wikipedia.org/wiki/Lumbini
साथि हो, म बोक्रे राष्ट्रवादको पनि विरोधमा छु जहाँ राष्ट्रियताको नाममा झुठको खेति गरेर आफ्नो दूनो सोझ्याउने काम हुन्छ/गरिन्छ. मेरालागि दौरा सुरुवाल र ढाका टोपी लगाएर आफु/आफन्त सपार्ने अनि नेपाल बिगार्ने कुरो गर्ने स्वनामधन्य राष्ट्रवादी भन्दा त्यस्तो आडम्बर नगरी सहि अर्थमा नेपालको हीत सोच्ने/गर्ने विदेशी मान्छे नै उत्तम लाग्छ.
जहाँसम्म भ्रमको खेतीको कुरो छ, हामीले भारतीयहरुलाई जित्न गार्हो पर्छ किनभने उनीहरुको मीडियाको संजाल हाम्रोभन्दा धेरै पुरानो, गहन मात्रै होइन अन्तररास्ट्रिय स्तरमै प्रख्यात छ तर तेसो छ भन्दैमा हामीले नेपाली हुनुको धर्म बिर्सेर जसले जे भने पनि चुप्प लागेर बस्न पनि त नमिल्ला. यस्तो अवसरमा हामीले भर पर्नु पर्ने आधार हो: पुरातात्विक प्रमाणहरु र सबैले मानेका UNO/UNESCO जस्ता प्रभावशाली विश्व-संस्थाहरु अनि सर्व-सम्मानित इतिहास र यसका विश्लेषकहरु.
माताजिलाई मान्ने आफ्नै समुदायका/नेपाली दाजु-भाई/दिदि-बैनीहरुसंग सादर अनुरोध: "तपाईहरु कसलाई मान्नु हुन्छ र क-कसलाई आफ्नो घरमा निम्तो गर्नु हुन्छ, त्यो तपाईका नितान्त व्यक्तिगत चाहना/स्वतन्त्रताका विषय हुन् तर आफ्नो राष्ट्र, गौरव, गरिमाका वारेमा कसैले अनर्गल/मिथ्या कुरा गर्दै गर्दा सहेर वा चुप्प लागेर बसियो भने, हामीले हाम्रा संततिहरुसंग उनीहरु साँचो/सहि बाटोमा हिडून भन्ने अपेक्षा कसरि गर्न सकिएला. 'किताबमा जे लेखेको छ उनले त्यही भन्ने त हो नि' सोचेर चुप्प लाग्ने बानि बस्यो भने आफु नै लड़ियेला भन्ने डर हुन्छ. जहाँसम्म गुरु मान्ने कुरो छ, मलाई त मेरी झन्डै ९० वर्ष पुगेकी स्कुलनै नगएकी अबुझ/अज्ञान आमाले सिकाएको, हिन्दुत्वले परिपूर्ण मन्त्र "गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देवो महेश्वर" भन्दा उत्तम अरु केहि लाग्दैन.
अन्त्यमा, मेरो सविनय अनुरोध: मैले यहाँ व्यक्त गरेको भावना माताजी, उनको संस्था, उनका गुरु वा उनका भक्तजन/समर्थकहरु बिरुद्धको प्रलाप अथवा अभियान होइन. कृपया यसलाई अन्यथा नलिनु होला.

6 comments:

Pratik Pande said...

Very true Ravi dai, we can't just take it that easily when it comes to nation and nationality.

Dhruva Thapa said...

Greatt job Rabiji, we should. dare to speak truth even if it is said by great saint or any influential person , truth is always truth which can not be menipulated, truth is one n oly one but false can be as many as we want to say that is even some one try to make its replica in some other places can't prove it wrong what archeologist or the historians have already written. We must be well informed and educate ourself and educate others too about this matter. Keep it up.

Harihar Dahal said...

रबी सरको चोटिलो ब्लग पढेपछी मलाई पनि केही लेख्न मन लाग्यो।त्यस दिनको प्रबचनमा थुप्रै सहभागी मध्धे मौन बस्नेहरु मध्धेमा म पनि एक थिए।नितान्त पारीबारिक जमघट भएका कारण "आशुतोष महाराजकि अनुयायी यी महिलाले "बुद्ध मध्य-भारतमा माता योगमायाको गर्भबाट जन्मेको"भनी रहदाँ हामि धेरैको मुटु चस्स दुखेको थियो र यि अनुयायिलाई कसरी प्रतिपाद गर्ने होला भनि सोचि रहदा यहाँले प्रबचनको बिचमा जुन प्रतिबाद गर्नु भयो,तत्कालको लागि त्यति ब्यबहारिक भएनकि भन्ने मलाई पनि लागेको हो तर जसरी यहाँले प्रतिबाद गर्ने आँट गर्नु भो,म अन्तर हृदयबाट प्रशंसा गर्छु र यहाँको आँटलाई सलाम गर्छु।
त्यस्लाई यहाँले अर्को तरिकाबाट बुझ्नु भए पनि हुन्छ कि हामी नबोल्नेहरु मौन समर्थन गरिरहेका थियौं।

Pratik Pande said...

yo unknown bhanne comment jasko bhaye pani, tesma malai feri 2 shabda thapna man lagyo. Sayad Ravi dai le bich bich ma 3/4 patak haaath uthaunu bhako ho, tara sayad prabachan ko bichha ma nai rokera aafno jungali pan pakkai dekhaunu bhako thiyena. tyo maun samarthan yeta ko lagi thiyo ki uta ko lagi, tyo ta jasari bujhe pani huncha, tara yathartha ma Ravi dai, j garnu bha, jasari garnu bha SAHI GARNU bha.

Jaha rastra ra rastriyata ko kura aaucha, tyaha byawahar ra byawaharikta heridaina, tyaha 1 ra 1 matra kura herincha, rastrabaad

Harihar Dahal said...
This comment has been removed by the author.
Harihar Dahal said...

रबी सरको चोटिलो ब्लग पढेपछी मलाई पनि केही लेख्न मन लाग्यो।त्यस दिनको प्रबचनमा थुप्रै सहभागी मध्धे मौन बस्नेहरु मध्धेमा म पनि एक थिए।नितान्त पारीबारिक जमघट भएका कारण "आशुतोष महाराजकि अनुयायी यी महिलाले "बुद्ध मध्य-भारतमा माता योगमायाको गर्भबाट जन्मेको"भनी रहदाँ हामि धेरैको मुटु चस्स दुखेको थियो र यि अनुयायिलाई कसरी प्रतिपाद गर्ने होला भनि सोचि रहदा यहाँले प्रबचनको बिचमा जुन प्रतिबाद गर्नु भयो,तत्कालको लागि त्यति ब्यबहारिक भएनकि भन्ने मलाई पनि लागेको हो तर जसरी यहाँले प्रतिबाद गर्ने आँट गर्नु भो,म अन्तर हृदयबाट प्रशंसा गर्छु र यहाँको आँटलाई सलाम गर्छु।
त्यस्लाई यहाँले अर्को तरिकाबाट बुझ्नु भए पनि हुन्छ कि हामी नबोल्नेहरु मौन समर्थन गरिरहेका थियौं।