Tuesday, May 5, 2020

खोलो फर्कियो है, साथी हो!

बाह्र वर्षपछि खोलो पनि फर्किन्छ भने जस्तो, ठ्याक्कै १२ वर्ष अघि सन 2008 मा शुरु गरेको यो मेरो ब्लग विश्व प्रेस स्वतन्त्रता दिवसको मौका पारेर पुनर्जिवित गरेको छु। उसबेला रहर थियो भने यसबेला वाध्यता! आउंदा दिनमा वाध्यताहरुका बिस्त्रित नालिबेली यिनै पानाहरुमा व्यक्त गर्दै जानेछु। समग्रमा, अब म यीनै पानाहरुमा, आफूले गरेका 'स्वतन्त्र काम' र अन्यत्रतिर भए/गरेका कामहरुको लिंक हाल्दै रहनेछु। राहुको रन्को देखी, र अन्त्यमा राहुसम्म, अनि हाइकुदेखि कथा, कविता, तस्वीर, भिडियो, अडियो, नियात्रा, अन्तर्वाता, आदि सबैको एउटै श्रोत हुनेछ यो ब्लग। यो काममा मलाई हुटहुटी लगाउने आत्मिय मित्रहरु सहित वैचारिक पालेहरुलाई धन्यवाद!

No comments: